म कसरि SentBe प्रयोग गरेर पैसा पठाउन सक्छु ?

SentBe ले साइन-अपदेखि पैसा पठाउने प्रक्रियासम्मका अनावश्यक चरणहरू हटाएर विदेशमा पैसा पठाउने कामलाई छिटो र सजिलो बनाएको छ।


केवल ५ मिनेटमा साइन अप गर्नुहोस् र १ मिनेटमै पैसा पठाउनुहोस्!


1. साइन अप र प्रमाणीकरण

SentBe एपमा आफ्नो मोबाइल नम्बर, परिचयपत्र (ID) र व्यक्तिगत जानकारी प्रमाणीकरण गर्नुहोस्।


2. पैसा पठाउने अनुरोध फाराम

लगइन गरेपछि, पैसा पठाउने अनुरोध फाराम भर्नुहोस् र पेश गर्नुहोस्।


3. भुक्तानी पूरा गर्नुहोस्

भर्चुअल खाता (Virtual Account) मार्फत जम्मा गर्ने भए, ट्रान्सफर अनुरोध गरेपछि ६ घण्टाभित्र आफ्नो SentBe भर्चुअल खातामा रकम जम्मा गर्नुहोस्।

अटो-डेबिट (Auto-Debit) प्रयोग गर्ने भए, भुक्तानी पासवर्ड प्रविष्ट गरेपछि तपाईंको ट्रान्सफर तुरुन्तै प्रक्रिया सुरु हुनेछ।


तपाईंको ट्रान्सफरको स्थिति सम्बन्धी जानकारी SMS, इमेल वा KakaoTalk सन्देश मार्फत प्राप्त हुनेछ।